Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

हेमबहादुर मल्ल सम्मान २०८०बाट पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मानित

हेमबहादुर मल्ल सम्मान २०८०बाट पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मानित

  • काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित यो सम्मान नेपाल जनप्रशासन संघले  पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई  ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित यो सम्मान नेपाल जनप्रशासन संघले एक कार्यक्रमको आयोजना गरी  श्रेष्ठलाई सम्मान गरेको हो । 

    salt1.jpeg

    सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा  काठमाडौंँँमा आयोजित सो विशेष समारोहमा  बिहीबार अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैंयाले श्रेष्ठलाई सम्मान गरिएयो । प्रधानन्यायाधीश राउतले कल्याण श्रेष्ठले न्याय र कानुन क्षेत्रमा पु¥याएको योगदान न्यायिक जगतको सम्पति हो र त्यो सम्पदाको रुपमा रहेको बताए ।

    salt2.jpeg

    न्यायिक नेतृत्व र संस्थागत विकासमा पु¥याएको योगदानको कदरस्वरुप श्रेष्ठलाई सम्मान गरिएको हो । केदारभक्त माथेमादेखि डा. भेष बहादुर थापासम्म उत्कृष्ट २० व्यक्तित्वहरु यस सम्मानबाट यसअघि सम्मानित भइसकेका छन् ।

    श्रेष्ठको चयन लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित एक सम्मान छनौट समितिले गरेको हो। छनौट समितिमा नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्व सहसचिव जीवराज कोईराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्य रहेका थिए । ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिएको प्रेरणादायी योगदानको कदर गर्दै उनको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना गरिएको थियो ।

    साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार स्वर्गीय हेमबहादुर मल्लको जन्म वि.सं. १९९५ सालमा निसिभुजी, बाग्लुङमा भएको थियो । मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका थिए । उनी नेशनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको अध्यक्ष थिए । साथै मल्ल गोरखकाली रबर उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड र हितकारी गुठीको सञ्चालक थिए ।

    यसबाहेक  मल्ल नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन सङ्घको कार्यकारी सदस्य पनि भएका थिए । मल्लको स्वर्गारोहण वि.सं.२०५७ सालमा भएको हो। सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुरÞ्याउने व्यक्ति वा संस्थालाई हेमबहादुर मल्ल सम्मानबाट बर्सेनि  सम्मान गर्ने गरिएको छ । यो सम्मानबाट यसअघि सम्मानितहुने २० जनाहरूमा  केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश प्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान, भानु प्रसाद आचार्य र डा. भेष बहादुर थापा रहेका छन् । कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij