Logo

Jul 13 2025 | २०८२, असार २९गते

Jul 13 2025 | २०८२, असार २९गते

images

संसदमा घुस प्रकरणको अडियोमा मुछिएका मन्त्रीहरूबारे छानबिन माग

संसदमा घुस प्रकरणको अडियोमा मुछिएका मन्त्रीहरूबारे छानबिन माग

  • काठमाडौँ ।दुई मन्त्रीको घुस प्रकरणसँग जोडिएको अडियो छानबिन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बैठकमा विभिन्न सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेका विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका  हुन् ।

    आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , माओवादी पार्टी लगायतका सांसदले मन्त्रीको घुसको अडियोका विषयमा छानविन गर्न र प्रधानमन्त्रीले जवाफ दिन समेत माग गरेका छन् ।सांसद सुमना श्रेष्ठले , सांसद दुर्गा राई र रेखा शर्मालगायतले  
    कास्की मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न बिचौलीयासँग सामान्य प्रशासनमन्त्रीले गरेको ५३ लाखको डिल र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाखको डिल गरेको अडियो सार्वजनिक भएको  विषयमा छानबिन गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij