Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा भ्रष्टाचार भएको प्रचण्डको भनाइ

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा भ्रष्टाचार भएको प्रचण्डको भनाइ

  • काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा प्रति चिन्ता व्यक्त गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केद्रका अध्यक्ष समेत रहेका प्रचण्डले यसमा चलखेल भएको बताएका हुन् ।

    सरकारले अहिलेको प्रकृया रोकेर नयाँ मापदण्ड निर्धारित गरेर विधिसम्मत् नयाँ स्टकको लाइसेन्स दिन सरकार तयार रहेको छ भन्दै प्रचण्डले प्रश्न गरे। उनले अहिलेको प्रकृया रोकेर भ्रष्टाचार नगरी नयाँ मापदण्ड बनाएर लाइसेन्स दिन आग्रह गरे । सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न गर्दै उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिए । साथै उनले  सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

    सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।’ वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै प्रचण्डले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको छ।’

    अध्यक्ष प्रचण्डले संसदमा भने, ‘तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।’ उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij