
काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले झण्डै ६०० मेगावाट विद्युत् निर्यात भइरहेको जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन ढकालले बर्खायामको समय भएकाले अहिले ६०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताएका हुन् ।उनले जनाए अनुसार हाल भारतबाट विद्युत् आयात गर्नु परेको छैन् । बाढीका कारण साढे २ सय मेगावाट विद्युत् भने प्रणाली बाहिर नै रहेको छ । रसुवा र त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त विद्युत् आयोजना पुनः सञ्चालन र पुननिर्माणको कार्यपछि विद्युत् उत्पादन थप हुनेछ ।
बाढीले क्षति पु¥याएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आउन समय लाग्ने देखिन्छ । बाढीले हेडवक्र्स पुरेको २४ मेगावाटको त्रिशुली ३ ए, सबस्टेशन र देवीघाट जलविदुत् आयोजनाको पुननिर्माण एक हप्ताभित्र सम्पन्न हुनेछ । बाढीले बालुवा र माटो पसेकाले निकाल्न समय लागेको छ ।एक हप्ताभित्र ती आयोजना पुनः सञ्चालनमा ल्याउने प्राधिकरणको विश्वास छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij