Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

भोलिदेखि बजेट र मौद्रिक नीति कार्यान्वयन हुँदै

भोलिदेखि बजेट र मौद्रिक नीति कार्यान्वयन हुँदै

  • काठमाडौँ । संसदबाट पारित बजेट र नेपाल राष्ट्र बैंकद्वारा जारी भएको मौद्रिक नीति कार्यान्वयनमा गइरहेको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सदनमा प्रस्तुत भई पारित भएको बजेट साउन १ गतेदेखि लागु हुन गइरहेको छ ।सरकारको  बजेटलाई सफल बनाउन तदनुरुपको  गनर्भर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरिसकेको मौद्रिक नीति पनि साउन १ गतेदेखि लागु हुन गइरहेको हो ।

    बजेट र बजेटलाई सफल पार्न ल्याइएको मौद्रिक नीतिको निजी क्षेत्रको तर्फबाट प्रशंसा प्राप्त भएको छ । निजी क्षेत्रबाट प्रशंसा पाएको बजेट र मौद्रिक नीतिको कार्यान्वयनमा चुनौती रहेको पर्यवेक्षकहरूले बताएका छन् । बजेट र मौद्रिक नीति कार्यान्वय भए अर्थतन्त्रले राम्रो गति समात्ने विश्वास गरिएको छ ।बजेट हुन अघि  असार महिनामा मात्रै सरकारले २ खर्ब २७ अर्ब भन्दा बढी खर्च भएको देखिएको छ । असार महिना अघि  बजेट खर्चमा कमजोर देखिएको सरकारले यत्रो खर्च गरेको हो ।

     महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार यही वर्षको (१ असारदेखि ३० असारसम्मको  तीस दिनमा सरकारले २ खर्ब २७ अर्ब बजेट खर्च गरेको हो ।परम्परागतरूमा असारमा गरिने खर्चलाई   विज्ञहरुले प्रश्न उठाउँदै असारे खर्च भनी टिप्पणी गर्ने गरेका छन् । असारमा मात्रै सरकारले चालु शीर्षक अर्थात कर्मचारीको तलब भत्ता, गोष्ठीहरुमा १ खर्ब २५ अर्ब सकेको छ । साथै   विकासका नाममा पुँजीगत शीर्षकमा यो अवधिमा सरकारले ७० अर्ब ४६ करोड भन्दा बढी रकम खर्च गरिसकेको देखिएको छ ।

    सरकारले सार्वजनिक ऋणको व्ययभार पूरा गर्ने ३२ अर्ब भन्दा बढी असार महिनामा मात्रै खर्च गरेको छ । असार ३० गतेसम्म सरकारको सम्रग खर्च प्रणालीले  कुल बजेटको करिब ८२ प्रतिशत बजेट खर्च भएको दर्शाउँछ  । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याएका थिए । अहिलेसम्म उक्त बजेटबाट सरकारले १५ खर्ब १५ अर्ब कुल बजेट खर्च गरिएको हो ।

     चालु शीर्षकमा ११ खर्ब ४० अर्बको बजेट ल्याइएकोमा समीक्षा अवधिसम्ममा ९ खर्ब ८० अर्ब खर्च भइसकेको छ भने विकास बजेट ३ खर्ब ५२ अर्बको ल्याइएकोमा यो असारको अन्त्य लाग्दा २ खर्ब १४ अर्ब खर्च भएको देखिन्छ ।  

    यो बजेट तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको  थियो । त्यसको कार्यान्वयनको जिम्मेवारी सत्ता समीकरणमा आएको फेरबदलका कारण केपी शर्मा ओली नेतृत्वको सरकारले पायो  । सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ । त्यतिखेर निजी क्षेत्र उत्साहित बनेपनि त्यस अनुरुप सरकारले काम गरेको नदेखिएको निजी क्षेत्रका अगुवाहरूको भनाइ छ । 

    चालू आर्थिक वर्ष बुधबारबाट सकिँदैछ । बिहीबारबाट नयाँ आर्थिक वर्ष अर्थात २)८२र८३ का लागि गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट कार्यान्वयनमा जाँदैछ । अर्थ मन्त्रालयले नयाँ वर्ष कार्यान्वयनका बजेट कार्यान्वयन मार्गदशन बनाइसकेको छ । साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरुलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij