Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक  होमस्टेबीच सहकार्य,  डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक  होमस्टेबीच सहकार्य,  डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

  • काठमाडौँ । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक  होमस्टेबीच यस बैंकका ग्राहकहरूलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले  १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने छन् ।  

    चाँगुनारायण भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक  होमस्टेको सेवा लिई ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने छन् ।  वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तीकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायिक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरूलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको  सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्तिमार्फत् जनाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij