Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

अब समृद्धिको उज्यालोको बाटो खोज्दै कुलमान घिसिङ

अब समृद्धिको उज्यालोको बाटो खोज्दै कुलमान घिसिङ

  • काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै 'समृद्धिको उज्यालो' आवश्यक रहेको बताएका छन्। बुधबार इटहरीमा आयोजित नागरिक अभिन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिसिङले अबको आवश्यकता समृद्धिको उज्यालो भएको औँल्याए।
     
    त्यसकै लागि आफूहरूले ‘उज्यालो नेपाल’ अभियान सञ्चालन गरेको पनि घिसिङले बताए। अभियानमा सबै जोडिएर अगाडि बढ्नका लागि पनि उनले आह्वान गरेका छन्। 
     
    ‘हामीले उज्यालो नेपाल भनेर एउटा अभियान बहराइनबाट सुरु गरेका छौँ। अब बत्तीको मात्रै उज्यालो होइन, समृद्धिको उज्यालो हो। अब नेपाल विकास हुँदैन भन्ने होइन, सम्भावनहरू छन्, रोजगारी चाहिँ क्रियट गर्न सक्नुपर्छ। देशिभत्रै धेरै सम्भवानाहरू छन्। समृद्धिका विषयहरू अगाडि बढाउन सकिन्छ भनेर अभियान घोषणा गरेका छौँ। समृद्ध नेपाल बनाउने नै हाम्रो अभियान हो। यसमा हामी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’घिसिङले आह्वान गरे।
     
    उनले उज्यालो नेपाल अभियान प्रेसर क्रियट गर्ने र राम्रो नेतृत्व जन्माउनका लागि प्रेरणा दिने संस्था पनि भएको जिकिर गरे। तर, त्यसका लागि टिमको आवश्यकता पर्ने भन्दै उनले जोडिनका लागि आह्वान गरेका छन्। 'उज्यालो नेपाल सबै पार्टीहरूमा राम्रा मान्छेले नेतृत्व गरून् भनेर पनि चाहन्छ,' उनले भने।
     
    घिसिङ यसअघि बहराइन, ओमन, यूएई र कतारको भ्रमण गरेर फर्किएका छन्। त्यहाँ उनले त्यहाँस्थित नेपाली समुदाय र कामदारसँग अन्तरक्रियासमेत गरेका थिए। २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी पदबाट बर्खास्तमा परेका उनले पछिल्लो समयका आफ्ना अभिव्यक्तिमार्फत राजनीतिमा आउने संकेत दिइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij