Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिप्राप्त संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी मागदर्शन २०८२ सार्वजनिक

बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिप्राप्त संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी मागदर्शन २०८२ सार्वजनिक

  • काठमाडौँ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मागदर्शन २०८२ सार्वजनिक गरिएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नरले २०८२ असार ३२ गते स्वीकृत गरेको उक्त मार्गदर्शन आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

    लाभांश वितरणका पूर्व शर्तहरूमा ६ वटा शर्त पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।लाभांश घोषणा  गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको , संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, शेयर प्रियमयम एवं बार्गेन परचेज गेनबाट नगद लाभांश घोषणा गर्न पाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेट वर्थ ऋणात्मक नरहेको , नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको , संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरू(लोन कनभेनान्ट्स)ले लाभांश वितरण  बन्देज गरेको अवस्था नरहेको र यस(राष्ट्र बैंक)बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणको क्रममा वित्तीय दायितव सिर्जना  हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको शर्त रहेको जनाइएको छ ।

    यस्तो मागर्दशनको पूर्णपाठ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij