
जनकपुरधाम । सिरहा कारागरमा कैदीबन्दीहरू बीच झडप भएको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भएको उक्त झडपमा १३ जना कैदीबन्दी घाइते भएको जनाइएको हो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो । घाइतेहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij