Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

नेपाल इन्स्योरेन्सद्वारा ३४.७८% हकप्रद शेयर निष्कासन खुला, साउन २६ गतेसम्म आवेदन दिन सकिने

नेपाल इन्स्योरेन्सद्वारा ३४.७८% हकप्रद शेयर निष्कासन खुला, साउन २६ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंगलबार) बाट आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गरेको हो। यस अनुसार, लगानीकर्ताले आफ्नो १० कित्ता शेयरको सट्टामा नयाँ ३.४७८३ कित्ता शेयर खरिद गर्न सक्नेछन्।

    कम्पनीले कुल ६५ लाख ७६ हजार ९६७।७६ कित्ता शेयर, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा, बिक्री गर्न लागेको छ। यसबाट कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको पूँजी जुटाउने लक्ष्य लिएको छ।

    हकप्रद शेयरका लागि बुकक्लोज मिति जेठ ३० गते तोकिएको थियो। तसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन २६ गतेसम्म तोकिएको छ।

    शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआईएमबि एस क्यापिटल लिमिटेडलाई दिइएको छ। इच्छुक शेयरधनीहरूले एनआईएमबिको केन्द्रीय वा शाखा कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा उपलब्ध आस्वा सेवा, वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

    हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij