Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

प्रधानमन्त्रीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

प्रधानमन्त्रीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

  •  

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

     

    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय समझदारी र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा यसअघि भएका विकास सहकार्यका सम्झौता कार्यान्वयनलगायत विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुुभयो । उहाँले हालैको आकस्मिक बाढीका कारण रसुवागढीस्थित दुई देशको नाकामा क्षति भएका भौतिक संरचनाको निर्माण गर्न प्राथमिकता दिएकामा चीन सरकारलाई धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताउनुुभयो । उहाँले नेपाललाई भूूपरिवेष्टितबाट भूूजडित बनाउन चीनसँगको किमाथाङ्कालगायत अन्य नाकाहरुको सञ्चालन र ‘बेल्ट एन्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाहरू बिना अवरोध अघि बढ्नुुपर्नेमा जोड दिनुुभयो ।

     

    भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युुवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।

     

    सो प्रतिनिधिमण्डलले चीन सरकारको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसँग छलफल गरेको थियो । 

     

    सो अवसरमा चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो ट्रान्सप्लान्टेसन’सम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

     

    यसैगरी, दुई देशबीच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्र र रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी ‘माइन्युट’मा पनि हस्ताक्षर भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij