Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

बन्दीपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि विशेष अवसर

बन्दीपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि विशेष अवसर

  •  


    काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन खुला गरेको छ। कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। त्यसअनुसार, ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि छुट्याइएको छ।

    स्थानिय बासिन्दाका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं। १, तथा गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं। ७ का बासिन्दाले आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका हुनुपर्छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    स्थानीय बासिन्दाका लागि निष्काशन बन्द हुने म्याद छिटोमा साउन २० र ढिलोमा भदौ ४ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा साउन ९ र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीलाई केयर रेटिङ नेपालले  प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीले सञ्चालन गर्ने परियोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ, जसको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०।५ वर्ष रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij