Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध भ्यालुएटर्सको आन्दोलन, मूल्यांकनकर्तामाथि कालोसूचीको विरोध

इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध भ्यालुएटर्सको आन्दोलन, मूल्यांकनकर्तामाथि कालोसूचीको विरोध

  • काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभीए)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध आन्दोलनको घोषणा गरेको छ। आर्थिक मन्दी र घरजग्गा बजारमा आएको गिरावटका कारण सम्पत्ति मूल्यांकनमा देखिएको कमीलाई लिएर बैंकले मूल्यांकनकर्तामाथि गरेको कारबाहीको विरोधमा साउन १२ गतेदेखि आन्दोलन थालिएको हो।

    एनभीएले एक प्रेस विज्ञप्ति जारी गर्दै, पछिल्लो समय बैंकहरूले मूल्यांकनकर्तालाई बिना सुनुवाइ कालोसूचीमा राख्ने कार्य गरिरहेको आरोप लगाएको छ। राष्ट्र बैंकको निर्देशन विपरीत बैंक तथा वित्तीय संस्थाहरूले मूल्यांकन इन्जिनियरहरूसँग अनुचित सम्झौता गर्न दबाब दिएको, शर्त मनाउन बाध्य पारेको र मूल्य घटेको आधारमा एकपक्षीय कारबाही गरिएको एनभीएको दाबी छ।

    महासचिव इन्जिनियर अशोक सिलवालद्वारा जारी विज्ञप्तिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग सम्बन्धित सम्पूर्ण मूल्यांकन कार्यहरू रोक्ने निर्णय गरिएको उल्लेख गरिएको छ। साथै, नेपाल बैंकर्स संघ र एनभीएबीच पहिल्यै तय भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फर्म्याट तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।

    एनभीएका सचिव रविन्द्र अधिकारीका अनुसार, देशभर जग्गाको मूल्य घटेको भए पनि इन्भेष्टमेन्ट मेगा बैंकले मात्र असाधारण रुपमा धेरै मूल्यांकनकर्तालाई कालोसूचीमा राखेको छ। ूसमान समस्या सबै बैंकलाई परेको भए पनि एनआईएमबी बैंकले मात्र आक्रामक कदम चाल्दा हामी आन्दोलनमा जान बाध्य भएका हौं,ू अधिकारीले बताए।

    उता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेप्युटी जनरल म्यानेजर राजेश शर्माले भने, मूल्यांकनकर्ताले जानाजान सम्पत्तिको ओभरभ्यालु (अत्यधिक मूल्याङ्कन) गर्ने गरेको र त्यसको सन्दर्भमा कारबाही गरिएको दाबी गरे। उनले यो समस्या एक मात्र बैंकको नभई समग्र बैंकिङ क्षेत्रकै भएको उल्लेख गर्दै, 'भ्यालुएटर्सले गल्ती स्वीकार गरी सुधार गर्नुपर्ने समय आएको छ,' भन्दै आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij