Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

पञ्चकन्या ग्रुपले स्थापना गर्‍यो नेपालकै सबैभन्दा ठूलो यूपीभीसी उद्योग 'पञ्चकन्या डिमेक्स'

पञ्चकन्या ग्रुपले स्थापना गर्‍यो नेपालकै सबैभन्दा ठूलो यूपीभीसी उद्योग 'पञ्चकन्या डिमेक्स'

  •  

    रुपन्देही । नेपालकै प्रतिष्ठित औद्योगिक समूह पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा आधुनिक प्रविधियुक्त र नेपालकै सबैभन्दा ठूलो यूपीभीसी प्रोफाइल उत्पादन उद्योग ‘पञ्चकन्या डिमेक्स’ स्थापना गरेको छ। दुई बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा करिब ८० करोड रुपैयाँ लगानी गरिएको छ।

    कम्पनीले सोमबार औपचारिक रुपमा चार ब्रान्ड — पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल — अन्तर्गतका यूपीभीसी प्रोफाइल उत्पादन सार्वजनिक गरेको छ। यी प्रोफाइलहरूबाट झ्याल, ढोका तथा अन्य निर्माणजन्य सामग्री निर्माण गर्न सकिनेछ। कम्पनीले आफ्ना उत्पादनहरूमा २० वर्षको वारेन्टी पनि दिएको छ।

    पञ्चकन्याले नेपालमै पहिलोपटक युरोपियन डिजाइनअनुसारका उडन, ग्रे, वालनट र ब्ल्याक रंगका यूपीभीसी प्रोफाइल उत्पादन थालेको छ। हालसम्म अन्य कम्पनीहरूले मुख्यतः सेतो रंगका प्रोफाइल मात्र उत्पादन गरिरहेका छन्। जर्मनीको प्रतिष्ठित एसकेजेड  संस्थाबाट गुणस्तर प्रमाणीकरण प्राप्त यस उद्योगले युरोपियन प्रविधिमा आधारित प्लान्ट प्रयोग गरी उत्पादन गरिरहेको छ।

    उद्योगको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन रहेको छ, जुन नेपालको कुल यूपीभीसी बजारको लगभग ५० प्रतिशत हिस्सा ओगट्ने क्षमता हो। पञ्चकन्या ग्रुपका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठका अनुसार कम्पनीले फलामे छड, पीभीसी पाइप, रेडिमेड कंक्रिट लगायतका सामग्रीहरू उत्पादन गर्दै आएको र निर्माण उद्योगको ुवान विन्डो सोलुसनु बन्ने लक्ष्यसाथ यो नयाँ उद्योग सञ्चालनमा ल्याएको हो।

    उद्योगबाट उत्पादित यूपीभीसी झ्याल–ढोकाहरू निजी घर, अपार्टमेन्ट, तारे होटेल तथा कार्यालयहरूमा माग बढ्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij