Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

झापा इनर्जीको आईपीओ साउन १४ गतेदेखि: आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित

झापा इनर्जीको आईपीओ साउन १४ गतेदेखि: आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित

  • काठमाडौँ । झापा इनर्जी लिमिटेडले यही साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले ३८ करोड १ लाख ९० हजार रुपैयाँको जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता शेयर निष्काशन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं। ४ स्थित सौर्य विद्युत आयोजना क्षेत्र र वरपर १०० मिटरको दूरीभित्रका बासिन्दाहरूलाई र बाँकी १ लाख ९० हजार ९५ कित्ता सो क्षेत्र बाहेकका सोही वडाका अन्य स्थानीयलाई प्रदान गरिनेछ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन अवधि साउन १४ गतेदेखि सुरु भई छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म खुला हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन साउन १८ गतेभित्र वा ढिलोमा साउन २८ गतेसम्म दिन सकिनेछ। कम्पनीले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनाको अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ, जसको प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्दछ। विद्युत अनुमतिपत्रमा अझै २२ वर्ष बाँकी रहेका आयोजनाको इक्विटी लगानी फिर्ता हुने अवधि ९।५५ वर्ष र प्रोजेक्टको ८।०६ वर्ष रहेको छ भने डिस्काउण्टमा क्रमशः १३।४६ वर्ष र १५।६६ वर्षको अवधि रहेको छ। यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ, र आवेदनका लागि स्थानीयले हिमालयन बैंकका दुधे, दमक र सुरुङ्गा शाखा तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij