Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

नेपाली बजारमा सुनको भाउ २ लाख नजिक, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा सुनको भाउ २ लाख नजिक, चाँदीको मूल्य पनि उकालो


  • काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेका छन्। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन मंगलबारको तुलनामा २ हजार १ सय रुपैयाँले वृद्धि हो। मंगलबार प्रतितोला सुन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक सातादेखि सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ, जसको असर चाँदीमा पनि परेको देखिन्छ। बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५० रुपैयाँ पुगेको छ, जुन मंगलबारको मूल्य २ हजार ३२० रुपैयाँभन्दा ३० रुपैयाँले बढी हो। मूल्य वृद्धिसँगै आम उपभोक्ता र सुनचाँदी व्यापारीहरूमा चासो बढेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij