Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन

  • काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज साउन ७ गते फेरि ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोगमार्फत अधिक तरलता व्यवस्थापन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणात्मक भागमा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनमा ब्याजदर खुला प्रतिस्पर्धाको माध्यमबाट निर्धारण हुनेछ, जहाँ बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। राष्ट्र बैंकले यस निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरेको छ। यो ५६ दिने अवधिको निक्षेप हुनेछ, जसको साँवा तथा ब्याज असोज १ गते भुक्तानी गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij