Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

सन नेपाल लाइफ इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँट सम्पन्न, चुक्तापूँजी ५ अर्ब नाघ्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँट सम्पन्न, चुक्तापूँजी ५ अर्ब नाघ्यो

  • काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमार्फत विक्री गरेको अवितरित हकप्रद शेयरको बाँडफाँट साउन ६ गते सम्पन्न गरेको छ। कम्पनीले संस्थापक समूहतर्फ लक–इन अवधिमा रहेका ८०,२२२ कित्ता, सर्वसाधारण समूहतर्फ लक–इनमा रहेका ४,०४९ कित्ता, र लक–इनमा नरहेका १,४०,४५७ कित्ता शेयर असार २३ गतेदेखि ३० गतेसम्म लिलामीमा विक्रीका लागि खुला गरेको थियो। तोकिएको अवधिमा प्राप्त आवेदनहरूमध्ये साउन २ गते बोलपत्र खोली सापेक्षिक आधारमा बाँडफाँट गरिएको हो। लिलामी शेयरको कटअफ मूल्य संस्थापक समूहका लागि प्रतिकित्ता १५१ रुपैयाँ, सर्वसाधारण समूहको लक–इनमा रहेका शेयरका लागि ४०१ रुपैयाँ र लक–इनमा नरहेका शेयरका लागि ४६१ रुपैयाँ कायम भएको छ। योग्य आवेदकहरूलाई उक्त मूल्यका आधारमा समानुपातिक रूपमा बाँडफाँट गरिएको हो। लिलामीको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। यसअघि कम्पनीले चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा २७५ का दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर वैशाख ३० देखि असार ३ गतेसम्म निष्कासन गरेको थियो। त्यसअनुसार असार १२ गते बाँडफाँट गरिएका १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर असार ३० गते नेप्सेमा सूचीकृत गरिसकिएको छ। लिलामी बाँडफाँटपछि कम्पनीको कुल चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुगेको छ, जसले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब चुक्तापूँजी मापदण्ड पूरा गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij