Logo

Jul 24 2025 | २०८२, साउन ८गते

Jul 24 2025 | २०८२, साउन ८गते

images

आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र

आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र

  • काठमाडौँ ।  प्रहरी प्रधान कार्यालयले  आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र गरेको छ ।   प्रहरी प्रधान कार्यालयले  ५ साउनमा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चार माध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न  भनेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको जनाउँदै  महान्यायाधिवक्ता कार्यालयको तस्वीर, भिडियोहरु सार्वजनिक नगर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेपछि यस्तो निर्णय गरिएको बताएका हुन् ।

    महान्यायाधिवक्ता कार्यालयले १९ असारमा  आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराइएको थियो । जसकारण अबदेखि भने आरोपीको तस्वीर, भिडियोहरु सार्वजनिक नहुने भएको छ ।

    तर   कुनै ठूलो जघन्य अपराधमा संलग्नल रहेको र त्यस्ता व्यक्तिको तस्वीर, भिडियो सार्वजनिक नगर्दा समाजलाई थप क्षति तथा हानि हुने अवस्थामा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृति लिएर  सार्वजनिक गर्न सकिने पनि उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij