
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेपनि अन्य वित्तीय सूचकहरूमा सकारात्मक प्रगति देखिएको छ। हालै प्रकाशित चौथो त्रैमासको वित्तीय विवरणअनुसार, बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यो नाफा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ रहेको थियो।
नाफा घट्नुको मुख्य कारण बैंकको खुद ब्याज आम्दानीमा आएको गिरावट हो। समीक्षावधिमा ब्याज आम्दानी २५.५१ प्रतिशतले घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, बैंकको फि तथा कमिशन आम्दानी भने ७९.७३ प्रतिशतले वृद्धि भई २ करोड १० लाख ९७ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, कुल सञ्चालन आम्दानी पनि २५।०३ प्रतिशतले घटेर १ अर्ब ९२ करोड ९ लाख रुपैयाँमा झरेको छ। सञ्चालन मुनाफा १३।६९ प्रतिशतले घट्दै १ अर्ब ६४ करोड २ लाख रुपैयाँमा पुगेको छ।
तर, बैंकको वितरणयोग्य मुनाफा भने उल्लेखनीय रूपमा वृद्धि भएको छ। यो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी भने ८६ पैसाले घट्दै ५ रुपैयाँ ३० पैसामा झरेको छ। असार मसान्तसम्म बैंकको मूल्य(आम्दानी अनुपात ९एरभ् चबतष्य० ५९।९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। समीक्षावधिमा निक्षेप संकलन ८२६।६५ प्रतिशतले उकालो लाग्दै ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ पुगेको छ। यसैगरी कर्जा लगानी पनि १८।९० प्रतिशतले वृद्धि भई २४ अर्ब ८० करोड ९३ लाख रुपैयाँ पुगेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij