Logo

Jul 24 2025 | २०८२, साउन ८गते

Jul 24 2025 | २०८२, साउन ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ७ बुधबार  मुख्यमुख्य आर्थिक समाचारहरू ..

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ७ बुधबार  मुख्यमुख्य आर्थिक समाचारहरू ..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ७ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने

    काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।
     
            पछिल्लो समय योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले औपचारिक क्षेत्रका श्रमिकहरूको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताउनुभयो । “आजभन्दा पाँच वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ”, उहाँले भन्नुभयो, “औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाख सम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको छ ।”

    नाफा घटेपनि कर्जा विस्तार र वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि, निफ्राको वित्तीय अवस्था सुदृढ

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आर्थिक वर्ष २०८१/८२ मा नाफा घटेपनि अन्य वित्तीय सूचकहरूमा सकारात्मक प्रगति देखिएको छ। हालै प्रकाशित चौथो त्रैमासको वित्तीय विवरणअनुसार, बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यो नाफा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ रहेको थियो।

    नाफा घट्नुको मुख्य कारण बैंकको खुद ब्याज आम्दानीमा आएको गिरावट हो। समीक्षावधिमा ब्याज आम्दानी २५.५१ प्रतिशतले घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, बैंकको फि तथा कमिशन आम्दानी भने ७९.७३ प्रतिशतले वृद्धि भई २ करोड १० लाख ९७ हजार रुपैयाँ पुगेको छ।

    सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने, अन्डरग्राउन्ड केवल उत्पादन सुरु गर्ने तयारी

    काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई आफ्नो निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यस सम्बन्धमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

    कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणलाई निष्काशन गर्ने योजना बनाएको छ। यस आईपीओ मार्फत नेपाली नागरिकलाई एक सम्भावनायुक्त र आधुनिक प्रविधिमा आधारित उद्योगमा लगानी गर्ने सुवर्ण अवसर प्रदान गरिने बताइएको छ।

    वीरगञ्ज भन्सार नाका : पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व सङ्कलन

    वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।  डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८० र ८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात रु एक अर्ब ९४ करोडले घटेको छ ।

     

    सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशतअर्थात् रु सात अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताउनुभयो । “यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ”, उहाँले भन्नुभयो ।

    शेयर बजार : नेप्से परिसूचकमा ९.६१ अंकले बढेर २९८३.३१ विन्दुमा ,१९ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा  ९.६१ अंकले बढेर २९८३.३१ विन्दुमा आएको छ । यस दिन १९ अर्ब ५७  करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख १४ हजार संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कुल २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले यी शेयरहरू हालका विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र खुला गरेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको लाजिम्पाटस्थित शेयर शाखामा आवेदन दिनुपर्नेछ। कम्पनीले जानकारी दिएको अनुसार, निर्धारित समयमा विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा ती शेयरहरू अन्य व्यक्ति वा संस्थाहरूलाई विक्री गर्न सकिनेछ। 

     

    सरकारको ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण लक्ष्यअन्तर्गत १० अर्बको ऋणपत्र आज बिक्रीमा

    काठमाडौं।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र–२०८५’ आज बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। तीन वर्षे अवधिको यो ऋणपत्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ।

     

    ऋणपत्र खरिदकर्ताहरू प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवै समूहबाट सहभागी हुन सक्नेछन्। यसमा प्रतिस्पर्धीका लागि रु ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीका लागि रु १ अर्ब ५० करोड छुट्याइएको छ। यदि अप्रतिस्पर्धी समूहबाट पर्याप्त बोलकबोल नआएमा बाँकी रकम प्रतिस्पर्धी समूहलाई समायोजन गरिनेछ।

    तराई–मधेसमा खानेपानी र सिँचाइका लागि युद्धस्तरमा काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

     

     

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र

    काठमाडौँ ।  प्रहरी प्रधान कार्यालयले  आरोपीहरुको तस्वीर तथा भिडियोहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र गरेको छ ।   प्रहरी प्रधान कार्यालयले  ५ साउनमा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चार माध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न  भनेको हो ।

     

    नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको जनाउँदै  महान्यायाधिवक्ता कार्यालयको तस्वीर, भिडियोहरु सार्वजनिक नगर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेपछि यस्तो निर्णय गरिएको बताएका हुन् ।

    प्रतिनिधिसभामा माननीय सांसदहरूले सोध्नुभएका प्रश्‍नहरूमाथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्तुत जवाफ जस्ताको तस्तै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनु भएको छ । उहाँँसँग भएका सवाल जवाफ जस्ताको तस्तै यसप्रकार रहेका छन् ।प्रश्न नम्बर एक नसोधिएको जनाइएको  छ । 

     

    प्रश्‍न नं। २

    प्रश्‍नकर्ता मा। महेश बस्नेत

    प्रश्‍नको व्यहोरा

    सम्माननीय सभामुखज्यू,

    सम्माननीय सभामुखज्यूमार्फत सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जिज्ञासा राख्दछुस्(

    इलाम जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र सन्दकपुर, श्रीअन्तु, जौबारी, तुम्लिङ, आहालटार, छिन्तापु, पशुपतिनगर, गुफापातल महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू हुन्। यी क्षेत्रमा कृषिजन्य उत्पादन तथा जडिबुटी उत्पादन गर्ने अर्को महत्वपूर्ण क्षेत्रसमेत हो। सन्दकपुरमा मात्र वार्षिक ३ लाखभन्दा बढी भारतीय पर्यटकहरू आउने गरेका छन् भने श्रीअन्तु लगायत अन्य क्षेत्रमा लाखौँ पर्यटकहरू आउँछन्। तर यस आ।व।को बजेट तथा कार्यक्रममा यी क्षेत्रहरू सम्बोधन गर्न छुट भएको छ। यी क्षेत्रहरूलाई सम्बोधन गर्न सरकारले के कस्ता कार्यक्रम सञ्‍चालन गर्न सक्छरु सम्बोधनको लागि अनुरोध पनि गर्दछु।

    प्रश्‍न नं। २ को जवाफ

    धितोपत्र बोर्डले लगानीकर्ताको  टिएमएसमा बैंक खाता लिङ्क गराउने, उधारो कारोबारमा रोक लाग्ने संकेत

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएसमा बैंक खाता लिङ्क गर्ने तयारी गरेको छ। नयाँ व्यवस्था अनुसार, लगानीकर्ताको बैंक खातामा पर्याप्त रकम भए मात्र दोस्रो बजारबाट धितोपत्र ९शेयर० खरिद गर्न पाइनेछ।

    मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमू मा यस विषयमा स्पष्ट उल्लेख गरिएको छ। नीति अनुसार, अब खरिदकर्ताको बैंक खातामा रकम नभएसम्म कारोबार स्वीकृत नहुनेछ।

    ट्रम्पद्वारा १५%भन्सार शुल्कसहित ‘विशाल’ जापान व्यापारिक सम्झौताको घोषणा

    वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राज्य अमेरिका जापानसँग ‘विशाल’ व्यापार सम्झौतामा सहमत भएको र यसमा जापानको निर्यातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने बताउनुभएको छ ।

     

     

    ट्रम्पले आफ्नो विश्वव्यापी व्यापारिक आक्रमण सुरु गरेपछि दुवै मुलुक महिनौँदेखि वार्तामा बाँधिएका छन् । वार्तामा महत्त्वपूर्ण जापानी निर्यातका रूपमा रहेको स्टिल र अटोमोबाइलमा लक्षित भन्सार शुल्कहरू विशेष बाधाका रूपमा देखिएका छन् ।

    मन्त्रिपरिषद्को बैठकका १० निर्णय सार्वजनिक : अनुदान स्वीकृति र विदेश भ्रमण अनुमोदन ( सूचीसहित )

    काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

    बैठकले विश्व बैंकबाट सार्वजनिक वित्त परियोजनाको विकास प्रभावकारिता अभिवृद्धिका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साथै, गृहमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण र राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीको भुटान भ्रमणसमेत स्वीकृत गरिएको छ।

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट संकलन

    काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज साउन ७ गते फेरि ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोगमार्फत अधिक तरलता व्यवस्थापन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणात्मक भागमा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

    महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन

    नवलपरासी ।बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१/८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको थियो ।

     

    भन्सार महसुल आयाततर्फ रु १० करोड २० लाख ५८ हजार, कृषि सुधार शुल्कतर्फ रु १४ लाख ७३ हजार, भन्सारसम्बन्धी अन्य आय (पैठारी भन्सार सेवा दस्तुर)तर्फ रु पाँच लाख ४८ हजार, अग्रिम आयकर रु २७ हजार र मूल्य अभिवृद्धिकर रु चार करोड ८३ लाख आठ हजार सङ्कलन भएको छ ।

    सरकारको ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण लक्ष्यअन्तर्गत १० अर्बको ऋणपत्र आज बिक्रीमा

    काठमाडौं।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र–२०८५’ आज बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। तीन वर्षे अवधिको यो ऋणपत्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ।

     

    ऋणपत्र खरिदकर्ताहरू प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवै समूहबाट सहभागी हुन सक्नेछन्। यसमा प्रतिस्पर्धीका लागि रु ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीका लागि रु १ अर्ब ५० करोड छुट्याइएको छ। यदि अप्रतिस्पर्धी समूहबाट पर्याप्त बोलकबोल नआएमा बाँकी रकम प्रतिस्पर्धी समूहलाई समायोजन गरिनेछ।

    २ खर्ब ७७ अर्बको निर्यात, तर उत्पादनभन्दा प्रशोधन बढी

    काठमाडौं।अघिल्लो आर्थिक वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्ष २०८१/०८२ मा नेपालको वस्तु निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार, मुलुकले यस अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको सामान विदेश पठाएको छ। यो अघिल्लो वर्षको १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँभन्दा करिब दोब्बर हो।

     

    निर्यात वृद्धिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिए पनि दीर्घकालीन दिगोपनको दृष्टिले यो निर्यात दर कायम रहन कठिन हुने विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार, निर्यात वृद्धिको ठूलो हिस्सा विदेशी कच्चा पदार्थ आयात गरी त्यसलाई प्रशोधन तथा प्याकेजिङ गरी भारत पठाउने कार्यमा आधारित छ।

     

     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij