Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने

  •  

    काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले यही साउन १५ गते (२०७५/०४/१५) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

    कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये कम्पनीले ३८।३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये स्थानीयवासीका लागि १० लाख ३० हजार ५०० कित्ता र विदेशमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता शेयर वितरण भइसकेका छन्। साथै, कम्पनीका कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर पनि छुट्याएर बाँडफाँट गरिएको छ।

    अब बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँको दरमा यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा साउन १९ गतेसम्म खुला हुनेछ भने अधिकतम साउन २९ गतेसम्म खुला रहनेछ।

    कम्पनीले निर्माण गरिरहेको ९।६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजना सम्पन्न गर्न कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ लाग्नेछ। यो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै २८ वर्ष बाँकी छ, र साधारण लगानी फिर्ता हुने अवधि ९।८३ वर्ष, जबकि छुट रकमको आधारमा लगानी फिर्ता हुने अवधि १७।९० वर्ष रहेको छ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखामार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij