Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

सिद्धार्थ र नेपाल एसबिआई बैंकले ऋणपत्र बाँडफाँट

सिद्धार्थ र नेपाल एसबिआई बैंकले ऋणपत्र बाँडफाँट

  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडले हालै निष्कासन गरेका ऋणपत्रहरू साउन ७ गते बाँडफाँट गरेका छन्। सिद्धार्थ बैंकले ‘एसबिएल डिबेञ्चर २०९१’ नामको १० वर्षे अवधिको ऋणपत्र वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो। असार २९ देखि ३२ गतेसम्म बिक्री खुला गरिएको यो ऋणपत्र अन्तर्गत २५ लाख कित्ता अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको थियो। जसमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूलाई र बाँकी ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिएको हो। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको थियो।

    त्यस्तै, नेपाल एसबिआई बैंकले ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक ऋणपत्र असार ३० देखि साउन १ गतेसम्म निष्काशन गरेको थियो। १० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। कुल ३० लाख कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) संस्थागत तथा व्यक्तिगत तर्फ र ४० प्रतिशत ९१२ लाख कित्ता० सर्वसाधारण तर्फ बाँडफाँट गरिएको हो। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij