Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


  • काठमाडौं ।  आज संघीय संसदका पाँचवटा संसदीय समितिको बैठक बस्दैछन्। अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक आजका लागि तय गरिएको छ।

    अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ। चालु आर्थिक वर्षका लागि आयोगले सरकारलाई दिएको सिफारिस र सुझावहरू, तिनको बजेटमा समावेश भएरनभएको अवस्था, साथै आयोगले हाल भोगिरहेका समस्या र चुनौतीबारे समितिमा विस्तृत छलफल गरिनेछ। त्यससँगै आयोगसँग सम्बन्धित उजुरीहरूको अवस्थाबारे पनि समीक्षा गरिनेछ।

    यता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनहरूबारे संशोधनकर्ता सांसदहरूसँग प्रत्यक्ष संवाद गरी छलफल गरिने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij