Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

ट्रंक र डेडिकेटेड लाइनको  बक्यौताको पुनरावलोकन गर्ने समितिको म्याद थप

ट्रंक र डेडिकेटेड लाइनको  बक्यौताको पुनरावलोकन गर्ने समितिको म्याद थप

  • काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनका उपभोक्तासँग असुली गर्न बाँकी रहेको बक्यौताको पुनरावलोकन गर्न गठन गरिएको प्रशासकीय पुनरावलोकन समितिको म्याद थप गरिएको छ ।प्राधिकरणको सञ्चालक समितिको गत बुधबार ऊर्जा मन्त्रालयमा बसेको बैठकले उक्त पुनरावलोकन समितिको म्याद ३५ दिन थप गरेको हो ।

    समितिका संयोजक श्यामकिशोर यादव प्राधिकरण सञ्चालक समितिका सदस्य पनि हुन् । उनको नेतृत्वमा प्राधिकरण संचालक समितिले गत बैशाखमा प्रशासकीय पुनरावलोकन समिति गठन गरेको थियो ।यादव नेतृत्वको समितिलाई केही वर्ष अघि देखि चर्चामा रहेको ट्रंक तथा डेडिकेटेड लाइन बक्यौता असुली सम्बन्धी विवादलाई पुनरावलोकन गर्ने जिम्मेवारी दिइएको छ । तर समितिले  अनावश्यक दबाबका कारण  काम गर्न  नसकेको देखिएको छ । यस्तोमा उनकै संयोजकत्वमा समितिको म्याद थपिएकोले थपिएको समय भित्र प्रतिवेदन आउनेमा आशंका गरिएको छ ।

    यादवले थपिएको समयमा प्रतिवेदन बनाएर बुझाउँछन् वा राजीनामा दिने छन् त्यो भने हेर्न बाँकी रहेको प्राधिकरण स्रोतको भनाइ छ ।
    स्रोतका अनुसार प्रतिवेदन आफ्नो अनुकूल बुझाओस भनी चाहना राखेका उर्जा मन्त्री खड्काको दबाब पनि रहेको हुन सक्ने देखिन्छ । ट्रंक र डेडिकेटेड बक्यौता विद्युत् महशुल विवादले अन्ततः समयपूर्व प्राधिकरणका पूर्ववर्ती कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गर्ने निर्णय गराएका थिए ।यादव नेतृत्वको समितिले दुविधालाई चिरेर कुनै निर्णय गर्छ वा राजीनामा दिन्छ त्यो भने पर्खनुपर्ने स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij