Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

दुग्धजन्य वस्तु गुणस्तरीय बनाइ अन्तर्राष्ट्रिय बजारमा लानुपर्ने आवश्यकता

दुग्धजन्य वस्तु गुणस्तरीय बनाइ अन्तर्राष्ट्रिय बजारमा लानुपर्ने आवश्यकता

  • काठमाडौँ । नेपालको दुग्धजन्य वस्तु गुणस्तरीय बनाइ अन्तर्राष्ट्रिय बजारमा लानुपर्ने आवश्यकता औँल्याइएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।

    नेपाल डेरी एसोसएसनद्वारा मंगलबार आयोजित खीर प्रवर्द्धन  कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको बताउँदै  अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

    कृषि प्रवर्द्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने जनाउँदै  अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए । महासङ्घको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उनले कतिपय कानुन कार्यान्वयन हुन नसकेकोमा गुनासो व्यक्त गरे 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब रु एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको आकलन छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij