Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले माघ मसान्तसम्म चुक्तापूँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यात्मक अवस्थामा नेपाल सरकारको अर्थमन्त्रालयबाट स्वीकृति लिई यो निर्णय गरेको हो।

    हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको छ। कम्पनीले सोही रकम बराबरको अर्थात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। यसका लागि अर्थमन्त्रालयको स्वीकृति प्राप्त भइसकेको छ र अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रियामा जानेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij