Logo

Aug 03 2025 | २०८२, साउन १८गते

Aug 03 2025 | २०८२, साउन १८गते

images

भिजिट भिसाबारे समाजमा गलत दृष्टिकोण बन्दै गएकोमा अध्यागमन विभागद्वारा चिन्ता व्यक्त

भिजिट भिसाबारे समाजमा गलत दृष्टिकोण बन्दै गएकोमा अध्यागमन विभागद्वारा चिन्ता व्यक्त

  • काठमाडौँ । भिजिट भिसाबारे समाजमा गलत दृष्टिकोण बन्दै गएकोमा अध्यागमन विभागद्वारा चिन्ता व्यक्त गरिएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा हुने अनियमितता मानव तस्करी नभएको बताउँदै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसामा देखिएको समस्या कुशासन र अनियमितताको विषय भए पनि त्यसलाई मानव बेचबिखनजस्तो सङ्गठित अपराधको परिभाषाभित्र राख्न नहुने बताए ।

    उनका अनुसार भिजिट भिसा प्रकरणलाई मानव बेचबिखन भनिँदै छ । मानव बेचबिखन र भिजिट भिसामा भएको अनियमिततालाई एउटै डालोमा हालेको देखिन्छ । भिजिट भिसामा भएको अनियमितता वा कुशासन हो ।  तर त्यो मानव तस्करी होइन । कानुनले पनि यसलाई फरक रूपमा परिभाषित गरेको छ ।

    भिजिट भिसामा विदेश जाने नागरिकप्रति समाज र राज्यले हेर्ने दृष्टिकोणमा समेत दोहोरो मापदण्ड रहेको बताउँदै उनले विदेशमा गएर सफल हुनेलाई राज्यको सम्पत्ति र गौरव मान्ने तर समस्यामा पर्नेलाई तिरस्कार गर्ने सामाजिक मनोविज्ञानले सही नीति निर्माणमा बाधा पु¥याएको बताए ।

    उनका अनुसार भिजिट भिसामा गएर कोही एनआरएनको ठुलो पदमा पुग्यो र कोही नेपाली जाँदा उपहार दिन सक्ने भयो भने त्यो राज्यको सम्पत्ति भयो । तर, कोही काम नपाएर दुःखमा प¥यो भने त्यसलाई फरक नजरले हेर्ने गरिएको छ । दुःख पाएर आएको नागरिक र भिजिट भिसामा गएर पदाधिकारी बनेर आएकोलाई हेर्ने हाम्रो दृष्टिकोण एउटै हुनुपर्छ । उनले सफल होस् वा असफल, विदेशमा रहेका हरेक नागरिकप्रति राज्यको समान दायित्व हुने र समस्यामा परेकालाई उद्धार गर्नु पनि सामाजिक न्यायको एउटा पाटो हो ।

    अध्यागमन सुधारको केन्द्रबिन्दु व्यक्ति नभई प्रणाली हुनुपर्नेमा जोडदिँदै उनले भने  ‘रामको ठाउँमा श्याम राखेर मात्रै अध्यागमनको समस्या समाधान हुँदैन । संसारमा कहीँ पनि व्यक्ति राम्रो खोजेर सुशासन हुँदैन, प्रणाली राम्रो बनाउने हो,’ ।

    उनका अनुसार विगत २० वर्षदेखि भिजिट भिसाको समस्या जहाँको त्यहीँ रहेको छ ।  नीतिगत द्विविधाको अन्त्य गर्नुपर्ने छ । कहिले मान्छे होल्ड गरिएको छ । कहिले पठाइएको छ । कहिले सबैलाई पठाउँदा आलोचना हुन्छ । कहिले रोक्दा आलोचना हुन्छ । अब यो अध्याय फेरि नदोहोरिने गरी यसको स्थायी समाधान खोज्न पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij