Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

भदौमा सुपथ मूल्यको सञ्चालन गर्ने तयारीमा सरकार

भदौमा सुपथ मूल्यको सञ्चालन गर्ने तयारीमा सरकार

  • काठमाडौँ  । सरकारले चाडपर्वमा उपभोक्ताको हितलाई ध्यान दिएर सञ्चालन गर्ने गरेको सुपथ मूल्य पसलको तयारी थालेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएजस्तै  सरकारले यो  वर्ष पनि त्यसको तयारी थालेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोत अनुसार भदौ अन्तिम सातादेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइने भएको छ । दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरी तयारी थालिएकोको छ । यसवर्ष घटस्थापना असोज ६ गते परेको छ । दशैंको टीको असोज १६ गते परेको छ ।

    सुपथ मूल्य पसलमा विगतमा जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिने जनाइएको छ ।  तर कुन सामग्रीमा कति रुपैयाँ छुट दिने ,सुपथ मूल्य पसल कहाँ–कहाँ राख्नेलगायतका विषय तय हुन बाँकी छ ।


    सरकारले सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि लिएर खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गर्दछ ।यस वर्ष पनि अनलाइनमार्फत् अर्डर गर्न मिल्ने र उपभोक्ताको घरसम्मै पु¥याइदिने व्यवस्था मिलाउने तयारी मन्त्रालयको रहेको छ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij