Logo

Aug 05 2025 | २०८२, साउन २०गते

Aug 05 2025 | २०८२, साउन २०गते

images

चाडपर्वका लागि सवासय जति बिक्री केन्द्र खोल्ने खाद्य व्यवस्था कम्पनीको तयारी

चाडपर्वका लागि सवासय जति बिक्री केन्द्र खोल्ने खाद्य व्यवस्था कम्पनीको तयारी

  • काठमाडौँ । खाद्य व्यवस्था कम्पनीले चाडपर्वका लागि १२५ वटा बिक्री केन्द्र खोल्ने तयारी गरिरहेको छ ।दसैं, तिहार र छठलाई ध्यान दिएर उपभोक्ता केन्द्रित सेवा दिने विषयमा कम्पनीले आन्तरिक छलफल गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाएका हुन् ।

    उनका अनुसार अबको केही दिन भित्र तयारी पूरा हुने छ । यो वर्ष चाडपर्वमा खोलिने सुपथ मूल्य पसलको संख्या बढाएर सवा सयको हाराहारीमा राख्ने योजना रहेको छ । गत वर्ष पनि कम्पनीले संख्या बढाएर देशभर ६३ वटा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । यो वर्ष खाद्यान्न ,खसीबोका र च्याङग्रामा कति छुट दिने भनेर निर्णय हुन बाँकी छ। गएको वर्ष कम्पनीले खाद्यान्न, चामल, दाल, तेल, चिनी र गेडागुडीमा प्रतिकेजी ५ देखि ७ रुपैयाँ छुट दिइएको थियो।

    खसीबोका र च्याङग्रा पनि गत वर्षको हाराहारीमा आउने अपेक्षा गरिएको छ । पोहोर साल खाद्यले १ हजार ६०० खसीबोका र ३०० च्याङग्रा ल्याएर छुटमा  बिक्री गरेको थियो । यो वर्ष पनि सोही परिमाणमा ल्याएर बिक्री गरिने छ । खसीबोका र च्याङग्रा सहकारी मार्फत खरिद गरेर ल्याउने हो।गत वर्ष खसीबोका ६७० र च्याङ्ग्रा १ हजार २३० रुपैयाँमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij