
काठमाडौँ । साताको चौथो दिन बुधबार सुनको मूल्यमा घटेर तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । साताको चौथो दिन बजारमा सुनको कारोबार मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ भने चाँदी २५ रुपैयाँ बढेको छ। बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन १ हजार ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।चाँदीको कारोबार मूल्य बुधबार तोलाको २ हजार ३ सय ५ रुपैयाँ भएको छ। मंगलबारका तुलनामा २५ रुपैयाँको बढोत्तरीसँगै नयाँ कारोबार मूल्य कायम भएको हो। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढ्दै मंगलबार प्रति तोला २ हजार २ सय ८० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०.८७ डलर र चाँदी प्रति औंस ३७.८३ डलरले कारोबार भइरहेको छ। एक महिनामा सुनको मूल्यमा प्रति औंस ७०.६१ डलरको बढोत्तरी भइसकेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij