Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

कुमारी बैंकको ४५,८२९% वृद्धि ,४६ लाखबाट २ अर्ब ११ करोड नाफा

कुमारी बैंकको ४५,८२९% वृद्धि ,४६ लाखबाट २ अर्ब ११ करोड नाफा

  • काठमाडौं ।कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अनुसार, बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशतले वृद्धि भएको देखिएको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले कुल २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा मात्र ४६ लाख रुपैयाँ देखाइएको कारणले यस्तो अत्यधिक प्रतिशत वृद्धिको आँकडा आएको हो। यद्यपि, गत वर्ष प्रकाशित विवरणअनुसार, २०८१ असार मसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो।

    यो फरकपन बैंकले इम्पेरमेन्ट चार्ज (Impairment Charge) मा परिवर्तन गरेको कारणले आएको हो। गत आर्थिक वर्ष प्रकाशित विवरणमा चौथो त्रैमाससम्मको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ देखाइएको थियो भने यस वर्षको विवरणमा यो रकम ६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

    नाफासँगै प्रतिशेयर आम्दानी (EPS) मा पनि उल्लेखनीय वृद्धि देखिएको छ। नयाँ विवरणअनुसार, बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। यद्यपि, गत आर्थिक वर्षको विवरणमा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८० पैसा थियो।

    यदि गत वर्ष प्रकाशित विवरणअनुसारको खुद नाफा र प्रतिशेयर आम्दानीसँग यस वर्षको विवरण तुलना गरियो भने, समीक्षा अवधिमा यी दुवै घटेका देखिन्छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij