Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

सिद्धार्थ बैंकले लोभलाग्दो प्रगति ,बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत

सिद्धार्थ बैंकले लोभलाग्दो प्रगति ,बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत

  • काठमाडौं । सिद्धार्थ बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१र८२ मा खुद नाफा २०।२४ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर ८ अर्ब ४४ करोड रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी १५ प्रतिशत बढेर १ अर्ब ६४ करोड रुपैयाँ, सञ्चालन आम्दानी ११.८२ प्रतिशत बढेर ११ अर्ब १६ करोड रुपैयाँ गरेको छ । 


    गत वर्ष बैंकको वितरणयोग्य नाफा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५८ करोड रुपैयाँ मात्रै थियो । गत वर्ष बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन १६.१६ प्रतिशत बढेर २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी ९.७६ प्रतिशत बढेर २ खर्ब १४ अर्ब रुपैयाँ गरेको छ । 

    नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २४.१० रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १५.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij