Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

नबिल बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ का दुई प्रतिष्ठित अवार्ड

नबिल बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ का दुई प्रतिष्ठित अवार्ड

  • काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ अन्तर्गत दुई प्रतिष्ठित उपाधि जित्न सफल भएको छ। बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो।

    बैंकले यी अवार्डहरू अत्याधुनिक प्रविधिको प्रयोग, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाप्रति देखाएको गहिरो प्रतिबद्धताको आधारमा प्राप्त गरेको जनाएको छ।

    साइबर सेक्युरिटी इनोभेसन अवार्ड नबिल बैंकले डिजिटल सुरक्षालाई पहिलो प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त भएको हो। यसले बैंकको डिजिटल सुरक्षामा गरिएको नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।

    त्यस्तै, नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड बैंकले महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा गरेको वित्तीय साझेदारीका कारण प्रदान गरिएको हो।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अवार्डबारे प्रतिक्रिया दिँदै भने, “यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तन प्रतिको समर्पणको प्रतिफल हुन्। हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं।” साथै, उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

    नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो। बैंकले हाल २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई, देशभर फैलिएका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। विगत चार दशकदेखि, नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवा र प्रविधिको सुरुवात गर्दै कोसेढुङ्गाको भूमिका निर्वाह गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij