Logo

Aug 10 2025 | २०८२, साउन २५गते

Aug 10 2025 | २०८२, साउन २५गते

images

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगष्ट २०२५) आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्कनुभएको हो । आजको भेटवार्तामा समसामयिक अन्य विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij