Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बंगलादेशी लेखा परीक्षण कम्पनीले भदौसँग १० बैंकको लेखा परीक्षण सुरु गर्ने

बंगलादेशी लेखा परीक्षण कम्पनीले भदौसँग १० बैंकको लेखा परीक्षण सुरु गर्ने

  • काठमाडौँ । बंगलादेशको लेखा परीक्षण गर्ने कम्पनीले नेपालका १० वाणिज्य बैंकहरूको लेखा परीक्षण गर्ने काम भदौ देखि सुरु गर्ने भएको छ ।सो कार्यका लागि छनौट गरिएको फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको  हो ।नेपाल राष्ट्र बैंकले  हाउलादरलाई सो कार्यका लागि छनोट गरेको थियो । अब भदौसँग काम सुरु गर्न कम्पनीसँग सम्झौताको तयारी गरिएको छ ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा दिने क्रममा राखेका सर्त अनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्न बंगलादेशको उक्त फर्म छनौट गरिएको  छ ।

    सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पु¥याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।केन्द्रीय बैंकका कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले जानकारी सार्वजनिक गरे अनुसार उक्त प्रक्रियालाई अन्तिम रूप दिई काम सुरु गर्न केन्द्रीय बैंकले यसै साता हाउलादारसँग सम्झौता गर्ने छ । पहिलो पटक अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट लेखा परीक्षण गराउन नसकिएपछि यो दोस्रो प्रक्रिया सुरु गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij