Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३.६३ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४१ पैसामा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३.६३ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४१ पैसामा

  • काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३.६३ प्रतिशतले बढेर ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।

    समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ११.५८ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी २.०६ प्रतिशतले बढेको छ। त्यस्तै, खुद दाबी ५.२९ प्रतिशत र कुल खर्च ३.३६ प्रतिशतले घटेका छन्।

    नाफासँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८९ पैसा बढेर २५ रुपैयाँ ४१ पैसा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको मूल्य-आम्दानी अनुपात ३३.०७ गुणा र प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ ५६ पैसा रहेको छ।

    २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा २२ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९६ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २१ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij