Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

हिमालयन बैंकको नाफा २२.१५% वृद्धि, चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

हिमालयन बैंकको नाफा २२.१५% वृद्धि, चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

  • काठमाडौं । हिमालयन बैंक लिमिटेड (HBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने यो वर्ष सो नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

    खुद ब्याज आम्दानीमा ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानीमा ६०.९८ प्रतिशत गिरावट आए पनि इम्पेरमेन्ट चार्ज घटेको कारण नाफा वृद्धि भएको हो। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशतले घटेपनि सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा सीमित हुँदा नाफामा सकारात्मक असर परेको हो।

    २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। तर सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ।

    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ। आर्थिक वर्षको अन्त्यसम्म बैंकको मूल्य-आम्दानी अनुपात ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij