Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्स बीच लगानी र व्यापार प्रबर्द्धन गर्ने विषयमा छलफल

नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्स बीच लगानी र व्यापार प्रबर्द्धन गर्ने विषयमा छलफल

  • काठमाडौं। नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रबर्द्धन गर्ने विषयमा छलफल भएको छ । आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेने बीच द्विपक्षीय छलफल भएको हो ।

    _W6A0251.jpg

    स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवद्र्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान, र थप विषयमा कुराकानी गरेका हुन् ।

    उक्त अवशरमा डा. ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि उपस्थिति रहेको थियो ।

    आईआरजीडीडी नेपालमा रहेको एक स्वतन्त्र, गैर–पक्षीय, र गैर–नाफामुखी थिंक ट्याङ्क हो । यो संस्थ बृहत रुपमा विश्वव्यापी मामिलाको विश्लेषण र रणनीतिक सल्लाह मार्फत नवप्रवर्तनलाई बढावा दिन समर्पित रहेको छ । यसले सरोकारवालाहरूलाई सशक्त बनाउन मद्दत गर्दछ । साथै, आईआरजीडीडीले विविध विशेषज्ञता, वास्तविक–विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिला अन्तर्दृष्टि, कठोर वैज्ञानिक अनुसन्धान, र प्रभावकारी रणनीतिक व्यवस्थापनलाई प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रुपमा काम गर्दछ ।

    स्पेनी चेम्बर अफ कमर्स स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हितको प्रतिनिधित्व, प्रवद्र्धन र रक्षा गर्ने सार्वजनिक (सरकारी) संस्था हो । यसले स्पेन भित्र र अन्तर्राष्ट्रिय रूपमा चेम्बर अफ कमर्सको नेटवर्कको समन्वय र प्रतिनिधित्व पनि गर्दछ । उक्त संस्थाले स्पेन र विदेशमा व्यवसायहरू बीच सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij