Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

पर्यटन विभागद्वारा २४ क्यासिनो नवीकरण

पर्यटन विभागद्वारा २४ क्यासिनो नवीकरण


  • काठमाडौँ । पर्यटन विभागले २४ क्यासिनोको  इजाजतपत्र नवीकरण गरेको छ । विभिन्न होटलहरूमा सञ्चालित हुँदै आएका क्यासिनोहरु मध्ये २४ क्यासिनोको इजाजत पत्र नवीकरण गरिएको हो ।
    चालु आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन विभागबाट २४ इजाजतपत्र नवीकरण गराएका विभागका अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार २६ मध्ये २४ वटा क्यासिनोले इजाजतपत्र नवीकरण भएका छन् । दुई वटा नयाँ क्यासिनो पोखरामा महाराजा र काठमाडौंमा बाराही होटलमा सञ्चालनमा आएका छन् । 

    पर्यटन विभागका अनुसार भैरहवामा ६, काठमाडौंमा ५ , नेपालगञ्जमा ५, पोखरामा २ वीरगंज२, विराटनगरमा २ , झापामा २,  कञ्चनपुर १  र कपिलवस्तुमा १ वटा क्यासिनो सञ्चालनमा रहेका  छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij