Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि फोकस ४० म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने

आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि फोकस ४० म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने

  • काठमाडौँ ।आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो व्यवस्थापनमा रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई भदौ १८ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

    यस योजनामा प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिनेछ। यसमध्ये, न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्रीको १४% इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि, र न्यूनतम १० लाख इकाई वा कुल बिक्रीको १% इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    यो योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। निष्काशन भदौ २२ गतेसम्म हुनेछ, तर सबै इकाई बिक्री नभएमा अवधि असोज १ गतेसम्म लम्बिन सक्छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक र वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू तथा सिआस्बा प्रणालीमार्फत मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।

    इकाई निष्काशनको रेटिङ्गमा, कोष प्रबर्द्धकलाई केयर एनपी ए प्लस, र योजना व्यवस्थापकलाई इक्रा एनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्राप्त भएको छ।

    यो योजना नेप्सेमा सूचीकृत उच्चतम प्रतिफल दिने ४० कम्पनीको शेयरमा प्राथमिकता सहित लगानी गर्ने लक्ष्य राखेको छ। समय र परिस्थितिअनुसार ४० भन्दा बढी कम्पनीको शेयरमा समेत लगानी गर्न सकिने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij