Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

हीरक जयन्तीमा चेम्बरको हरियाली संकल्प: गौशलास्थित भण्डारखालमा वृहत वृक्षारोपण

हीरक जयन्तीमा चेम्बरको हरियाली संकल्प: गौशलास्थित भण्डारखालमा वृहत वृक्षारोपण

  •  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशलास्थित भण्डारखालमा  वृहत वृक्षारोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक वर्षगाँठको  अवसरमा चेम्बरले शनिवार विहान उक्त वृहत वृक्षारोपण गरेको हो । यसका अतिरिक्त चेम्बरले  यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरे वार्षिकोत्सव मनाएको जनाएको हो ।

    Pic-1.jpeg

     हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको वर्तमान अवस्थामा चेम्बर अफ कमर्सको पहल अत्यन्तै प्रशंसनीय भएको बताए । 

    Pic-2.jpeg

    उनले भने अनुसार यो वृक्षारोपणले केवल हरियाली बढाउने मात्र नभइ भावी पुस्ताका लागि स्वच्छ तथा दिगो वातावरण सुनिश्चित गर्न ठूलो योगदान पु¥याउनेछ ।  विश्वव्यापी जलवायु संकटलाई समाधान गर्न सामुहिक पहलको आवश्यकतामा  यसले जोड दिन्छ । हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरुको नाममा  सहभागीहरुले १ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।

    सभापति श्रेष्ठले वृक्षारोपणसंगै यसको संरक्षण र संवद्र्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे  । उनले चेम्बरले सामाजिक उत्तरदायित्व अनुरुप आगामी दिनमा पनि वातावरण संरक्षण र दिगो विकासका गतिविधिमा अग्रणी भूमिका खेल्ने बताए । कार्यक्रमले चेम्बरको ७५ वर्षे यात्रामा सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि जोडिएको सन्देश दिएको सहभागीहरुले बताएका छन् ।  साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij