
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड ले आफ्नो पहिलो बन्दमुखि योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्काशनमा ल्याउने भएको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाई बिक्रीमा ल्याउने जनाएको छ। यसमध्ये २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
आवेदन अवधि
आवेदन खुल्ने मिति : भदौ १५ गतेदेखि
न्यूनतम आवेदन : १०० इकाई
अधिकतम आवेदन : ४ करोड इकाईसम्म
प्रारम्भिक बन्द मिति : भदौ १८ गते
पर्याप्त आवेदन नपरेमा : भदौ २९ गतेसम्म म्याद थप
योजनाको विशेषता
अवधि : इकाई बाँडफाँट भएको मितिदेखि १० वर्ष
न्यूनतम ५०% अर्थात् २० करोड इकाई बिक्री भएमा योजना कार्यान्वयन
न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र रकम फिर्ता
व्यवस्थापन र आवेदन प्रक्रिया
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक : हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड
आवेदन दिने माध्यम :
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो शेयरमार्फत सि-आस्बा प्रणाली
रेटिङ
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल बाट :
कोष प्रवर्द्धक : आईआरएन ए प्लस इस्यूअर रेटिङ्ग
योजना व्यवस्थापक : आईआरएन एएमसी क्वालिटी ३ रेटिङ्ग
यससँगै लगानीकर्ताले लामो अवधिको प्रतिफल लक्ष्य गर्ने नयाँ म्युचुअल फण्डमा आवेदन दिने अवसर पाउने भएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij