Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

देशभर ७४ जिल्लामा डेंगी सङ्क्रमण, अहिलेसम्म ३ हजार २४७ संक्रमित र दुई जनाको मृत्यु

देशभर ७४ जिल्लामा डेंगी सङ्क्रमण, अहिलेसम्म ३ हजार २४७ संक्रमित र दुई जनाको मृत्यु

  • काठमाडौँ । देशभर डेंगी सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ। वर्षा सुरु भएपछि संक्रमण थप बढ्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

    पछिल्लो एक सातामात्रै २११ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म दुई जनाले ज्यान गुमाइसकेका छन्।

    कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ३ हजार २४७ जनामा डेंगी देखिएको छ। प्रदेशगत विवरण यसप्रकार छः

    • कोशी प्रदेश – ५६८

    • मधेश – ६२

    • बागमती – ६७५

    • गण्डकी – ९१४

    • लुम्बिनी – ५५१

    • कर्णाली – ९३

    • सुदूरपश्चिम – ३८४

    डा. दाहालले पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्क रहन र सफाइमा ध्यान दिन आग्रह गरेका छन्।

    डेंगी फैलाउने एडिज एजिप्टी र एडिस एल्बोपिक्टस लामखुट्टे पानी जम्ने सफा स्थानमा फुल पार्छन्। ती फुलबाट निस्केको लार्भा वयस्क बनेपछि मानिसलाई टोकेर संक्रमण फैलाउँछन्।

    सरकारले हरेक शुक्रबार लामखुट्टे खोज र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ।

    सन् २०२४ मा डेंगी ७६ जिल्लामा फैलिएको, जसबाट १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएको तथ्याङ्क छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij