
काठमाडौँ । राज्य व्यवस्था समितिको सभापति गुमाएको सत्ताधारी दल नेपाली कांग्रेसका सभापतिले सो पदमा कसलाई पठाउने निर्णय गर्न पदाधिकारीहरुको अनौपचारिक बैठक बोलाएका छन् । पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा सो बैठक बसेको हो । बिहान दश बजे बोलाइएको सो बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए । त्यस यता सो पदमा १५ दिन भित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले सोमबार जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसका लागि सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने विश्वास गरेका छन् ।
कांग्रेस नेताहरुको आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे पनि छलफल हुनसक्ने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij