Logo

Aug 25 2025 | २०८२, भदौ ९गते

Aug 25 2025 | २०८२, भदौ ९गते

images

लघुवित्त क्षेत्रको आकर्षण घट्ने चिन्ता

लघुवित्त क्षेत्रको आकर्षण घट्ने चिन्ता

  • काठमाडौँ । लघुवित्त क्षेत्रको आकर्षण घट्ने यस क्षेत्रको व्यवसायीहरूको चिन्ता बढेको छ ।  नेपालले राष्ट्र बैंकले लघुवित्तको लाभांश नीतिमा परिमार्जन गरेपछि उनीहरूको चिन्ता बढेको हो । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने लघुवित्तले लाभांश बाँड्न नपाउने व्यवस्था गरेको हो ।

    आर्थिक क्षेत्रमा लाभांश बाड्ने कम्पनीको साख स्थापित हुने भएकाले सो वर्गीकरणमा परेका लघुवित्तको आकर्षण  घट्ने र थप समस्यामा पर्ने चिन्ता उनीहरूको रहेको छ । सुस्त अर्थतन्त्रमा एकतर्फ कर्जा प्रवाह नभइरेको अवस्थामा खराब कर्जाको कारण देखाएर लाभांश बाँड्न नदिने निर्णय सही नभएको उनीहरूको भनाइ छ । विगतमा समस्यामा रहेको लघुवित्त कम्पनीले गएको वर्ष राम्रो गरेको भएपनि खराब कर्जाको स्थिति तोकिएको मापदण्ड पूरा नगरेको भए लाभांश बाँड्न पनाउने भएका छन् ।

    साथै  राष्ट्र बैंकले लघुवित्त संस्थाले पुँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातका आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा १५ प्रतिशतको क्याप लगाएको थियो । आइतबार एक परिपत्रमार्फत् उक्त व्यवस्थामा परिमार्जन गरेको हो ।

    सँगै निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएको लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । पुँजीकोष १२ प्रतिशतभन्दा माथि भए पनि निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएमा २० प्रतिशत लाभांश दिने पाउने व्यवस्था गरिएको छ। यसैगरी, निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि १५ प्रतिशतसम्म भएर पनि पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने छन् ।

    पुँजीकोष अनुपात १० देखि १२ प्रतिशतसम्म भएका लघुवित्तले निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुँदा २० प्रतिशत लाभांश बाँड्न पाउने भएका छन् । निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म हुनेले १५ प्रतिशत र निष्क्रिय कर्जा १० देखि १५ प्रतिशतभन्दा माथि हुनेले १० प्रतिशत लाभांश बाँड्न पाउने जनाइएको छ ।

    पुँजीकोष अनुपात ८ देखि १० प्रतिशतसम्म हुने लघुवित्तले भने निष्क्रिय कर्जाको आधारमा ५ देखि १५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने राष्ट्र बैंकले जनाएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएमा १५ प्रतिशत, ५ देखि १० प्रतिशतसम्म भएमा १० प्रतिशत र १० देखि १५ प्रतिशतसम्म भएमा १५ प्रतिशत लाभांश बाँड्न पाउने निर्देशनमा उल्लेख छ ।

    लघुवित्तले निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा माथि भएमा लाभांश वितरण गर्न नपाउने भएका छन् । यस्तै ९ प्रतिशत न्युनतम पुँजीकोष कायम हुनेगरी मात्रै नगद लाभांश दिनसक्ने निर्देशनमा उल्लेख छ । हाल एनआइसी एशिया र नेस्डो समृद्धि लघुवित्तको निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा माथि छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij