Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउने काम असोजभित्र सकिने तयारी

नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउने काम असोजभित्र सकिने तयारी

  • काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउने काम असोजभित्र सकिने तयारी गरिएको छ । सो बमोजिम बाँकी काम तीव्रगतिमा बढाइएको हो ।सडक विभागले सुरुङ मार्ग बनाउने काम अन्तिम चरणमा पुगेको बताएको छ। विभाग अनुसार असोजभित्र निर्माण कार्यम सम्पन्न हुनेछ। सुरुङ मार्ग निर्माणमा हालसम्म ९४.५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

    सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गरेर सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनी छनोटको बाटो खोलिसकेको छ साथै सुरुङ मार्ग उपभोगबापत सवारीसाधनले तिर्नुपर्ने दस्तुर पनि तोकिसकेको छ।

    सुरुङमार्ग प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनका लागि आरएफआईडी बेस्ड टोल कलेक्सन प्रणाली जडानको काम भइरहेको छ।सुरुङमार्ग संचालन, व्यवस्थापन र मर्मतका लागि कम्पनी छनोटको तयारी अगाडि बढाइएको छ। विभागले सेवा प्रदायक खरिद कार्यका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएको र खरिद निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जनाएको छ। 

    कम्पनी छनोटका लागि तयार पारिएको नमुना बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयमा निक्र्याैल गर्न अहिले छलफलको क्रममा छ। कम्पनी छनोट गरी सुरुङ मार्ग चाँडै सञ्चालनमा ल्याउने विभागले बताएको छ। केही महिना अघि आयोजनाको काम अन्तिम चरणमा परेपछि विभिन्न माग राखेर अवरोध सिर्जना गरेका थिए । त्यो विवाद समाधान गरी काम अगाडि बढाइएको आयोजना सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij