Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

विद्यार्थी र पत्रकार लामाे समय अमेरिकामा बस्न नपाउने ट्रम्पको निर्णय

विद्यार्थी र पत्रकार लामाे समय अमेरिकामा बस्न नपाउने ट्रम्पको निर्णय

  • काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी नागरिकको अमेरिका बसाइसम्बन्धी नयाँ नियम प्रस्ताव गरेको छ। यस अनुसार, विदेशी विद्यार्थीले अमेरिकामा अधिकतम चार वर्षसम्म मात्र अध्ययन गर्न सक्नेछन्।

    विदेशी पत्रकारको बसाइ पनि सीमित गरिनेछ। उनीहरूलाई २४० दिनको भिसा दिइनेछ, र आवश्यक परे थप २४० दिनको समयावधिका लागि आवेदन गर्न सक्ने व्यवस्था हुनेछ।

    तर, चिनियाँ पत्रकारहरूका लागि विशेष व्यवस्था अनुसार, उनीहरूलाई केवल ९० दिनको भिसा प्रदान गरिनेछ। यो कदमले अमेरिकी प्रशासनको विदेश पत्रकार र विद्यार्थी नीतिमा नयाँ कडाइ ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij