
थियानजिन।प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ आइपुग्नुभएको छ । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँ आइपुग्नुभएको हो ।
उहाँलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । आजै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij