Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

दशैंका लागि खरिद गर्न चाहनेहरूका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला

दशैंका लागि खरिद गर्न चाहनेहरूका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला

  • काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खरिद गर्न चाहनेहरूका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ । कम्पनीका अधिकारीहरूका अनुसार मंगलबार बिहानदेखि सो बुकिङ खुला गरिएको हो ।

    अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने जनाइएको छ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।

    कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले जानकारी सार्वजनिक गरे अनुसार उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने छ । च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ ।यो अग्रिम भुक्तानी हाललाई बुकिङ सुनिश्चित गर्नमात्र हो । पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने जनाइएको छ । कम्पनीले २० देखि २५ किलो र २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० किलोसम्मका तौल समूहमा पशुहरू छनोट गर्ने विकल्प अनलाइन बुकिङ पोर्टलमा दिइएको छ ।

    अन्तिम बिक्री मूल्य कम्पनीको तत्कालीन बिक्री मूल्यमा तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने जनाइएको छ ।घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने बुकिङ गरिएका खसी, बोका र च्याङ्ग्रा  अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न पाउने छन् । बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएस मार्फत एउटा कोड र पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइए अनुसार नै कोड र निर्धारित मितिमा उपस्थित भएर कम्पनीको बिक्री केन्द्रबाट आफ्नो पशु बुझिलिन सकिने व्यवस्था गरिएको छ ।

    कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको छ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij